back
CTIZAN AD

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा नेतन्याहूलाई सम्झौता गर्न आग्रह

वि.सं.२०८० माघ ८ सोमवार

1.3K 

shares

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र । इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबीच भीषण भिडन्त भएको बताएका छन् ।

गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहुले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हमासका लडाकूले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ ।
इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ । लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबीच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ ।
इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाहसमूहका एक लडाकूको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ । यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल–सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ । प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकूहरूले दावी गरेका छन् । (रासस÷एएफपी)

वि.सं.२०८० माघ ८ सोमवार १७:२० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...