back
CTIZAN AD

चीनद्वारा हिमपात सहित आँधी आउने प्रक्षेपण गर्दै पहेंलो चेतावनी जारी

वि.सं.२०८० माघ ८ सोमवार

1.8K 

shares

बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।

सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको छ । यसै बीच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको छ ।

हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।चीनसँग चार–स्तरीय, रङ्ग–कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ । (रासस/सिन्ह्वा)

file-photo

वि.सं.२०८० माघ ८ सोमवार १७:२५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...