back

अत्यधिक चिसो बढेपछि उपत्यकाका विद्यालय बन्द

वि.सं.२०८० माघ १० बुधवार

567 

shares
NTC AD
Global IME AD

ढोरपाटन(बागलुङ) । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन्। ढोरपाटन नगरपालिका-९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत छन् ।

उनले भने, ‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।’

 

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए। यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाई छ ।

‘यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ भने धेरैजसो बालबालिका सामान्य परिवारका छन्, उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ ।’
रासस /सांकेतिक फोटो

 

वि.सं.२०८० माघ १० बुधवार ०९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई...

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको...