back
CTIZAN AD

पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

वि.सं.२०८० माघ १० बुधवार

1.1K 

shares

भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक-११ लाई ३-२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ ।

यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरे ।

देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए । त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक-११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक-११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम-२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।

विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

“गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्डकपसँगै माघीमेला सञ्चालन गरेका हौँ”, अध्यक्षर राईले भने, “प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगितामामार्फत खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” पौवादुङमा रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

वि.सं.२०८० माघ १० बुधवार १०:४७ मा प्रकाशित

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...