back
CTIZAN AD

सवारीसाधन जाँचको व्यवस्था मिलाउन महासङ्घ आग्रह

वि.सं.२०८० माघ १६ मंगलवार

1K 

shares

काठमाडौँ । देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

“राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रेका छन्, बिग्रेका सडकमा ठाउँठाउँमा सवारीसाधन जाँच गर्दा समयमा गन्तव्यमा पुग्न ढिला हुने गरेको छ, त्यसैले निश्चित स्थानमा जाँचको व्यवस्था गर्नुपर्छ”, महानिरीक्षक कुँवरलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरित रुट इजाजत विना सञ्चालन भएका सवारीसाधन रोक लगाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घका महासचिव डेकनाथ गौतमले बताए । महासङ्घले बिपी राजमार्गलगायतका मार्गमा टाइम कार्ड लगाउनुपर्ने, दुर्घटना न्यूनीकरणका लागि प्रदेश, जिल्लास्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्नसमेत आग्रह गरेको छ ।

यसैगरी, दुर्घटना पश्चात सवारी साधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइदिन समेत महासङ्घले अनुरोध गरेको छ । सवारी ऐन, २०४९ विपरित दर्ता भएका तर प्रयोजन विपरित सार्वजनिक सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने र गराउने कार्यलाई रोक लगाउन अनुरोध गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले देशभर हुने सवारी दुर्घटनालाई रोक्नका लागि ‘टास्क फोर्स’ निर्माण गरी यातायात व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
फाइल फोटो

वि.सं.२०८० माघ १६ मंगलवार २२:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...