back
CTIZAN AD

समुदायमै पुगेर मिर्गौला परीक्षण

वि.सं.२०८० माघ १९ शुक्रवार

972 

shares

दमौली (तनहुँ) । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ ।

सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए । ‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर यही माघ २३ गतेसम्म चल्नेछ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उनले बताए ।

मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गाैला केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउनका लागि निःशुल्करुपमा मिर्गौला परीक्षण गरिएको बताए ।

 

वि.सं.२०८० माघ १९ शुक्रवार १०:५३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...