back
CTIZAN AD

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

वि.सं.२०८० माघ २१ आइतवार

1.2K 

shares

काठमाडौँ । दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।

महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका शिए फेइ ले सन् १९९० मा निर्देशन गरेको  ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ’सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।

बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका शिए फेइ सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके शिए फेइ कै विद्यार्थी हुन् ।

८० वर्षको उमेर पार गरेका शिए फेइ अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।
महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुनेछ ।

वि.सं.२०८० माघ २१ आइतवार १४:२१ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...