back
CTIZAN AD

सर्लाही जीप दुर्घटना अपडेट : घाइते मध्ये नापी कार्यालयका सहयोगीको मृत्यु

वि.सं.२०८० माघ २३ मंगलवार

816 

shares

काठमाडौं । सर्लाही जिप दुर्घटनामा घाइते भएका १० जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालयका सहयोगी विनोद घिमिरे रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा बाराको कलैयास्थित एलेक्स न्यूरो हस्पिटलमा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । कार्यालय सहयोगी घिमिरे सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा थिए ।

नापी कार्यालय मलंगवाका कर्मचारी सवार बी.आर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सोमबार राति ८ बजे नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका थिए । जस मध्ये घिमिरेकाे मृत्यु भएको हाे । अन्यकाे उपचार कलैयाको एलेक्स हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० माघ २३ मंगलवार १२:०३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...