काठमाडौं । राष्ट्र बैंकले करारमा नौ जना सवारी चालकको माग गरेको छ ।
बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै फागुन ८ गतेसम्म दरखास्त फारम पेश गर्न आव्हान गरिएको छ । दरखास्त पेश गर्दा आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र र तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रस्तावहरु स्क्यान गरी अनलाइन दरखास्त फारम भर्न अनुरोध गरिएको छ ।
उक्त सूचनामा सवारीचालकको न्यूनतम योग्यता आठकक्षा उत्र्तीण गरेको हुनुपर्ने र नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्था वा नेपाल सरकारका निकायमा कम्तिमा १० वर्ष सवारी चालक सम्बन्धी कार्य अनुभव प्राप्त गरेको अनुभव हुनुपर्नेछ ।
त्यस्तै सरकारको सम्बन्धीत निकायबाट कार, जिप, र डेलिभरी भ्यानको चालक अनुमति पत्र प्राप्त गरी नविकरण गरेको अवस्थामा हनुपर्ने समेत सूचनामा उल्लेखछ ।
वि.सं.२०८० माघ २३ मंगलवार १३:५७ मा प्रकाशित






























