काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले म्याग गुज्रिएको सामानमा नयाँ मिति रमखेर बेच्ने उद्योगलाई कारबाही गरेको छ ।
टोलीले विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो ।
अनुसन्धान टोलीले स्थानिय जन प्रतिनिधिको रोहबरमा उक्त उद्योग सोमबार सिल गरेको हो ।
अनुसन्धानका क्रममा उक्त उद्योगमा म्याद सकिने मिति मेटिने स्प्रिट, मिति रिलेभलिङ गर्ने मेसिन, फार्म सिटी ब्रान्डेडको कर्न फ्लेक्स, चोकोज, ओट्स, मुसेलीहरुमा म्याद सकिने गलत मिति राखिएको र बादशाह ब्रान्डको मिति सकिएका र नभएका बिभिन्न मसलाहरु एकैठाउमा राखिएको पाइएको थियो ।
साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन समेत बिभागले निर्देशन गरेको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १४:२९ मा प्रकाशित






























