back
CTIZAN AD

भानु साहित्य उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

वि.सं.२०८० माघ २६ शुक्रवार

897 

shares

दमौली (तनहुँ) । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा निर्माण गर्न लागिएको साहित्यिक उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । भानु नगरपालिकाले वडा नं ४ चुँदीरम्घामा साहित्यिक उद्यान निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम सुरु गरेको हो ।

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थानका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले नगरपालिकालाई रु पाँच करोड बजेट उपलब्ध गराएको थियो ।

उक्त बजेटबाट जग्गा प्राप्ति, गुरुयोजना, भानुभक्त आचार्यको शालिक, अन्य कवि, साहित्यकार र कलाकार स्रष्टाको शालिक, पहुँच मार्गलगायत पूर्वाधार निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहणका लागि नगरपालिकाले आजदेखि १५ दिनभित्र जग्गाधनीले लालपुर्जालगायतका आवश्यक प्रमाणसहित वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

उद्यानका लागि ८६ रोपनी जग्गा अधिग्रहण गरिने पौडेलले जानकारी दिए । उद्यान निर्माणका क्रममा आवश्यक गुरुयोजना बनाउन, जग्गा अधिग्रहणलगायत कामका लागि पालिकाले सहजीकरण समिति गठन गरेको छ ।

भानुभक्त साहित्य उद्यानका उपाध्यक्ष डा ब्रतराज आचार्यको संयोजकत्वमा जग्गा प्राप्ति सहजीकरण समिति गठन भएको हो । सदस्यमा श्रीभक्त आचार्य, लक्ष्मी आचार्य, प्रेम राना, ऋषिराम पन्त, अर्जुन बोहरा, केशवराज त्रिपाठी, नहकुल अधिकारी, खुमप्रसाद श्रेष्ठ वृन्दा रानाभाट, रामकुमार श्रेष्ठ, जयहरी ढकाल रहेका छन् ।

यस ठाउँलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनले भने, “भानु जन्मस्थलको विकास र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यो कामलाई अगाडी बढाउन लागिएको हो ।”

जग्गा अधिग्रहण भएपछि गुरुयोजना निर्माण गरी गुरुयोजनाअनुसार नै साहित्य उद्यानको काम अगाडि बढ्ने त्रिपाठीको भनाइ थियो । उनले भने, “भानुभक्तको जन्मथलो ओझेलमा परिरहेको छ । यस ठाउँमा साहित्य उद्यान निर्माण गरेर पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरी यसको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएका छौँ ।”

उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणका लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए ।

 

वि.सं.२०८० माघ २६ शुक्रवार १३:०८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...