back
CTIZAN AD

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ : मन्त्री किराँती

वि.सं.२०८० माघ २६ शुक्रवार

996 

shares

उदयपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका-१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् ।

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताएका हुन् । “विमानस्थल निर्माणका लागि रु पाँच करोड बजेट बिनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको छ”, उनले भने ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदलमा निर्माण हुने विमानस्थल महत्वपूर्ण भएको उनको भनाइ छ । भारतदेखि भुटानसम्मका पर्यटकलाई सगरमाथा क्षेत्रको भ्रमण गर्न र खोटाङको हलेसी महादेवसम्मको पर्यटन प्रवर्द्धन र विकासका लागि विमानस्थलको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

त्यस अवसरमा सगरमथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले तत्काल विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताए । “उदयपुरबासी तथा सगरमाथा क्षेत्रको जनताको ६० वर्षदेखिको वर्तमान सरकारले पूरा गर्नुपर्छ”, उनले भने ।

विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दोलालघाटदेखि सप्तकोशीको चतरासम्मका ¥याफ्टिङ र चतराबाट उदयपुरको सगरमाथा हवाई मैदान भएर हिमाली क्षेत्र भ्रमण गर्न, हलेसी क्षेत्र पुग्नका लागि सहज हुने उनको भनाइ थियो ।

हवाई मैदान निर्माण समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजकुमार राईले विमानस्थल सञ्चालनमा आए सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुरका साथै भातरीय र भुटानबाट पर्यटक ल्याउन सकिने बताए ।

विमानस्थल निर्माणका लागि रु दुई करोडभन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताए ।

उनका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ ।

वि.सं.२०८० माघ २६ शुक्रवार १३:४३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...