back
CTIZAN AD

किसानको गुनासो लागत अनुसारको प्रतिफल पाउन सकिएन

वि.सं.२०७४ वैशाख २१ बिहीवार

699 

shares

 

२१ वैशाख, धनगढी । व्यावसायिक आलुखेतीमा लागेका कैलालीका आलु उत्पादक किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् ।

भारतीय बजारबाट भित्रिने आलुको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्थानीय किसान समस्यामा परेका हुन् । आलु उत्पादन गर्दा लागेको लागतअनुसारको प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।

कैलाली गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरी आलुको उत्पादन वृद्धि भए पनि बिक्री गर्दा लगानीबमोजिमको मूल्य पाउन नसक्दा किसान मारमा परेको बताउनुहुन्छ ।

गत वर्ष २४ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका यहाँका किसानले गएको हिउँद याममा २९ बिगाहा क्षेत्रफलमा आलुखेती गरेका थिए । कार्डिनल र पिरकौली जातको झन्डै तीन हजार १०० क्विन्टल आलु उत्पादन भएको चौधरीले बताउनुभयो । उचित मूल्य नपाउँदा ठूलो परिमाणको आलु गोदाममा थन्किएको छ ।

“भारतबाट भित्रिने आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा मारमा परेका छौँ,” स्थानीय रामसुुन्दर चौधरीले भन्नुभयो । कैलालीको साबिक उदासीपुर, पहलमानपुर, चौमाला, जोशीपुरलगायतका गाविसका विभिन्न सहकारी संस्थामा आबद्ध किसानले पछिल्लो समय व्यावसायिक रुपमा आलु उत्पादन गर्दै आएका छन् । आलु भण्डारनका लागि शीत भण्डारन गृहको समस्या समेत किसानले झेल्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी गौरीशङ्कर गुप्ताले उत्पादन भएको आलु सम्बन्धित किसानले समयमै बिक्री गर्न नसकेका कारण अहिले आलु बिक्री गर्न र भण्डारनको समस्यमा देखिएको बताउनुभयो ।

उत्पादन भएको आलु बर्दिया र महेन्द्रनगरको कोल्ड स्टोरमा राख्न सल्लाह दिएकोमा किसानले समयमै कोल्ड स्टोरमा आलु राख्न नसकेको गुप्ताले बताउनुभयो । कैलालीमो गत वर्षसम्म पाँच हजार हेक्टरमा आलुखेती हुने गरेकोमा यस वर्षको हिउँदे याममा छ हजार हेक्टरमा आलुखेती विस्तार भएको बताइएको छ । यस वर्ष जिल्लामा करिब ९१ हजार मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ वैशाख २१ बिहीवार ०९:४७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...