back
CTIZAN AD

वडाध्यक्ष शर्माको अगुवाइमा भोर्लेका युवाहरुद्वारा सामूहिक तरकारी खेती

वि.सं.२०८० माघ २८ आइतवार

1.5K 

shares

पर्वत । यहाँ सामूहिक तरकारी खेती सुरु गरिएको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ का २३ युवा मिलेर सामूहिक तरकारीखेती सुरु गरेका हुन् ।

युवा जनशक्ति दिनप्रतिदिन पलायन हुँदै जाने र खेतीयोग्य जमिनसमेत बाँझो हुने क्रम बढेपछि वडा नं ७ भोर्लेका वडाध्यक्ष तोयानाथ शर्माको अगुवाइमा भोर्ले बहुउद्देश्यीय कृषक समूहको गठन गरी सामूहिक रुपमा खेती गर्न थालिएको हो । समूहले स्थानीय व्यक्तिहरुको सिँचाइयुक्त २० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारीको खेती सुरु गरेको छ ।

दिनप्रति दिन जमिन बाँझिने क्रम बढेपछि आफैँ सक्रिय भएर तरकारी खेतीमा लागेको वडाध्यक्ष शर्माले बताए । “सिँचाइको राम्रो सुविधा भएको खेतीयोग्य जमिन नै खनजोत हुन नसक्दा साह्रै नराम्रो लाग्यो”, अध्यक्ष शर्माले भने, “अनि वडाको बैठकमा तरकारीखेती गर्ने प्रस्ताव गरेँ, सर्वसम्मत रुपमा पास भएपछि समूह गठन गरेर अघि बढेका हौँ ।”

अध्यक्ष शर्माकै योजना र मागअनुसार कृषि कार्यक्रमअन्तर्गत गतवर्ष गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको थियो । उक्त बजेटबाट समूहलाई यान्त्रिक हलो, सुकाउने र पिस्ने मेसिन खरिद गरिएपछि समूहमा आबद्ध कृषकलाई तरकारीखेती गर्न सहजसमेत भएको छ ।

गत वर्ष वडाको कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्ने काम भएपछि यस वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । पहिलो चरणमा १० रोपनी क्षेत्रमा गरिएको गोलभेडा, काउली, ब्रोकाउली, खुर्सानी, प्याज, लसुन, धनिया लगायतको उत्पादनबाट रु पाँच लाख आम्दानी हुने अनुमान गरिएको छ ।

बाँझो जमिनको उपयोग हुने र कृषकसमेत आत्मनिर्भर हुनुका साथै स्थानीय बजारमा जैविक तरकारी उपलब्ध गराउने समूहको योजना छ । व्यावसायिक तरकारीखेतीका लागि यस वर्षसमेत वडाले रु पाँच लाख रकम विनियोजन गरेको छ । वडाध्यक्ष शर्माले भने, “बाँझो जमिन उपयोग गरेर कृषियोग्य बनाइसकेपछि टनेलमा काउली, बन्दागोभी, ब्रोकाउली, प्याज, लसुनलगायत मौसमी तथा बेमौसमी तरकारीखेती शुरु गरिएको हो ।”

उनीहरुले पहिलो चरणमा विभिन्न तरकारीका बेर्ना बेचेर रु १६ हजार आम्दानीसमेत गरिसकेका छन् । यहाँ उत्पादित तरकारी तथा बेर्ना छिमेकी स्थानीय तह विहादी, महाशिला तथा स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ । सडकको राम्रो सुविधा भएकाले उत्पादित तरकारी बजारीकरणमा समस्या नरहेको अध्यक्ष शर्माले बताए ।

व्यावसायिक तरकारी खेतीका लागि वडाले नै पारिश्रमिक निर्धारण गर्ने गरी पाँच स्थानीयलाई रोजगारीसमेत प्रदान गरेको छ । वडावासी कृषकलाई सस्तो मूल्यमा तरकारी तथा तरकारीका बेर्ना र बीउ उपलब्ध गराउने योजना समूहले बनाएको छ । उनका अनुसार स्थानीय कृषकको बाँझो जमिन उपयोगका लागि पनि प्रेरणा हुनेछ ।

समुहमा आबद्धबाहेक अन्य कृषकले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारको व्यवस्थापन गरिने समूहमा आबद्ध पदमबहादुर आलेले बताए । वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीका लागि पढ्दै सिक्दै र कमाउँदै भन्ने कार्यक्रम ल्याई कृषिको व्यावसायिक उत्पादनमा लगाउने कार्यक्रम वडाले तयार पारेको छ । पहिलो चरणमा यस वर्ष १० रोपनीमा व्यावसायिक खेती गरिएको छ भने बाँकी १० रोपनीमा स्थानीय बेसार खेती गरिने भएको छ ।

जनप्रतिनिधि नै संलग्न भएर बाँझो जमिन उपयोग गर्नुका साथै कृषकको आम्दानी र पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने योजनाले अन्य कृषकलाई उत्साहित बनाएको गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले बताए । उनले कृषकलाई व्यावासयिक रुपमा कृषि पेशामा लाग्नका लागि पालिकाले बीउ, बेर्ना, मलखाद तथा यान्त्रिक उपकरण खरिदमा अनुदानसमेत दिँदै आएको बताए ।

 

वि.सं.२०८० माघ २८ आइतवार १५:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...