back
CTIZAN AD

जाजरकोट भूकम्पका सबै प्रभावितलाई तत्काल पुनःस्थापना गर्न सांसदको माग

वि.सं.२०८० माघ २८ आइतवार

768 

shares

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जाजरकोट भूकम्प पीडितहरु जाडोका कारण विभिन्न रोग र अभावबाट प्रभावित भएका भन्दै तत्काल उचित राहत र पुनःस्थापनाको माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद भैरबसुन्दर श्रेष्ठले जाजरकोटमा भूकम्पका प्रभावितमध्ये गर्भवती, सुत्केरी, बालबालिका थप पीडित भएको बताउँदै तत्काल उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले घोषणा गरेको राहत रकम अझै सबै परिवारले नपाएको उल्लेख गर्र्दै तत्काल उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । भूकम्प पीडितको व्यवसाय नष्ट भएको उल्लेख गर्दै उनले सरकारले उनीकहरुको पुनःस्थापनाको पहल गर्नुपर्नेमा जोड दिए ।

सांसद मोहम्मद खालिदले संविधानमा भएको व्यवस्था बमोजिम देशभित्र बोलिने सबै राष्ट्रिय भाषालाई समान स्थान दिएर सम्मान गर्नुपर्ने बताए । उनले दुई प्रतिशतको हाराहारीमा बोलिने मुस्लिम समुदायसँग जोडिएको उर्दु भाषालाई राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने माग गरे ।

सांसद डा बिमला राई पौड्यालले विगतदेखि नै नेपालको शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हाल विश्वविद्यालयलको स्तर खस्किएको भन्ने टिप्पणीप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा नभई योग्यताका आधारमा नियुक्त हुनुपर्नेमा जोड दिए ।

सांसद युवराज शर्माले त्रिभुवन विश्वविद्यालयमा भागबन्डा गरेर उपकुलपति नियुक्ति गर्न नहुने बताउँदै राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी ढङ्गले अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

वि.सं.२०८० माघ २८ आइतवार १५:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...