back
CTIZAN AD

स्याउ उत्पादनमा कमी आएपनि बीमा र अनुदानले मुगुका किसान हर्षित

वि.सं.२०८० माघ २८ आइतवार

933 

shares

नृपेन्द्र बहादुर मल्ल, मुगु । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् ।

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो । छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन् ।

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फूल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका छन् । बीमा गराउनेमा उक्त क्षेत्रका पाँच सय ४७ किसान रहेका तथ्याङ्क छ ।

छाँयानाथ रारा नगरपालिका– ६ का गोविन्द बमले एक सय ६० बोट स्याउको बीमा समय मै गराएको बताए । स्याउ उत्पादन नभए पनि बीमाबापत रकम पाएपछि खुसी लागेको उनले बताए । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको थियो ।

यस्तै पाँच हजार वर्ग क्षेत्रफलभित्र दुई सय भन्दाबढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले आफ्नो बगानमा लगाइएका स्याउबाट उत्पादन नभएको गुनासो गरे । असिना पानी र बेमौसमी वर्षाले स्याउ उत्पादन निकै घटेको थियो भन्दै उनले गत वर्ष चौततिर आठ हजार पाँच सय तिरेर एक सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाएँ ।

भामले बीमा बापत रु ४० हजार चार सय बीमा कम्पनीबाट पाइएको जानकारी दिए । समयमै बीमा गर्दा उत्पादन नभए पनि किसानलाई बीमाले निकै राहत दिएकाले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनले बताए । भामले भने, “हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गतवर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिएँ तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौँ । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।”

जिल्लाको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका किसानले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गर्दै आएका छन् । गत वर्षको बेमौसमी वर्षाले गर्दा कसैको बोटमा स्याउको दानै फलेन भने स्याउ फलेकाको पनि ४० प्रतिशत उत्पादनमा गिरावट आएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड जिल्लाशाखा प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

उनका अनुसार सोही आधारमा जिल्लाका पाँच सय ४७ किसानले लगाएका ९० हजार भन्दाबढी स्याउका बोटको बीमा गराएबापत बिमितलाई रु एक करोड ८० लाख भन्दाबढी रकम भुक्तानी गरिसकिएको छ । “रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको बीमा गराएका थियौँ। यस वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिसकेका छौँ,’ प्रमुख भण्डारीले भने ।

स्याउखेती बीमाअन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । बीमाको अवधि एकवर्ष हुन्छ किसानले आफ्नो स्याउका बोटको बीमा अवधि सकिएपछि पुनः बीमा गर्नुपर्ने हुन्छ । सरकारले बीमामा अनुदान दिँदा विभिन्न प्राकृतिक विपत्ले स्याउ उत्पादनमा गिरावट आएकाले निराश भएका किसान यो व्यवसाय नै छोड्नुपर्ने अवस्थामा पुगेकामा बीमाले पुनर्जिवन दिएकोजस्तो अनुभूति गर्दै आएका छन् ।

 

वि.सं.२०८० माघ २८ आइतवार १७:०० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...