back
CTIZAN AD

सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

वि.सं.२०८० फागुन २ बुधवार

1.3K 

shares

भक्तपुर । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए । महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड लाग्ने गर्दछ । आज विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका थिए ।

त्यसैगरी आजै चाँगुनारायण–१ सरस्वतीखेलस्थित सरस्वती मन्दिरमा पनि उपत्यकाबाट आएका दर्शनार्थीको भीड लागेको छ । सरस्वती मन्दिरकै नामबाट गाउँको नाम रहन गएको यो ठाउँमा बिहानैदेखि भीड लागेको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

यस्तै भक्तपुर नगरपालिकाको भेलुखेलस्थित सरस्वती मन्दिर, नागपोखरीको सरस्वती मन्दिर, च्वङापाखा(सल्लाघारी) को सरस्वती मन्दिर, सूर्यविनायक नगरपालिका–.१० चित्तपोलको सरस्वती मन्दिरलगायतका मन्दिरमा दर्शनार्थी पुगेका छन् । आजै काठमाडौँको स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा पनि भीड लाग्ने गर्दछ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख) बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो । काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ ।

स्वयम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र वुद्धि धेरै हुने जनविश्वास रहीआएको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् ।

विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।

वि.सं.२०८० फागुन २ बुधवार १२:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...