back
CTIZAN AD

बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार

वि.सं.२०८० फागुन २ बुधवार

882 

shares

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन नेताले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मङ्गलबार युक्रेनका लागि युद्ध सहायता रोकेको छ ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्ने सभामुख माइक जोन्सनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताएका छन् ।

“मैले पक्कै पनि दिने छैन,” उनले भने ।

उक्त विधेयक मङ्गलबार सिनेटमा पारित भएको थियो । यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूको लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ ।

ह्वाइट हाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रूसी आक्रमणलाई रोक्न सङ्घर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताएका छन् ।

“इतिहासले चिहाइरहेको छ,” बाइडेनले टेलिभिजनमा पाँच पटक उक्त वाक्यांश दोहो¥याउँदै भने । “यो विधेयकको समर्थन गर्नु पुटिनको विपक्षमा उभिनु हो । यसको विरोध गर्नु पुटिनको हातमा खेल्नु हो,” डेमोक्रेटीक पार्टीका नेता तथा अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

पूर्व राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गरेका थिए ।

राष्ट्रपति बाइडेनले भने, “भगवानलाई साक्षी राखेर बोल्नुपर्छ, बास्तवमा यो मूर्ख र लाजमर्दो कुरा हो । यो खतरनाक छ । यो गैर–अमेरिकी निर्णय हो,” बाइडेनले भने । “दुई पटक महाभियोग लागेका ट्रम्पले पश्चिमी सैन्य गठबन्धनलाई ‘प्रोटेक्सन ¥याकेट’का रूपमा हेर्नुभएको छ ।”

उनले थपे, “अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले रूसी ‘अधिनायकवाद’सामु झुकेका छैनन् ।”

संसद् (अमेरिकी कङ्ग्रेस)मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौंदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रूसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छन् ।

सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ तर ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ ।

केही रिपब्लिकनहरूले ट्रम्पको पर्दा पछाडिको चालबाजीलाई अस्वीकार गरेपछि यो सिनेटमा सजिलै पारित भएको थियो ।

तर जोनसनले मेक्सिकोको सीमापार संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्न कडा नयाँ उपायहरू बिना युक्रेनको सुरक्षालाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।
उनले भने, “हामी वास्तवमा यो सीमामा नियन्त्रण प्राप्त गर्न अमेरिकी जनताप्रति ऋणी छौं ।”

वास्तवमा, दशकौंमा सबैभन्दा कठोर नयाँ अमेरिकी सीमा सुरक्षा उपायहरू लागू नगरिकन विदेशी सहायता प्रदान गर्न सिनेटमा डेमोक्र््याटहरूले पहिले नै रिपब्लिकनहरूसँग मिलेर संयुक्त विधेयक तयार गर्न सहकार्य गरिसकेका छन् ।

उक्त विधेयक सिनेटमा अनुमोदनका लागि राखिएको थियो तर जोनसनले सदनमा यसलाई रोक्ने घोषणा गरेका छन् ।

यसले सिनेटलाई उक्त संस्करणलाई त्याग्न र मङ्गलबारको नयाँ विदेशी सहायता-मात्र विधेयकमा प्रवेश गराउन उत्प्रेरित गरेको थियो । यसलाई जोनसनले फेरि एक पटक अस्वीकार गरेका छन् ।

गत चुनावमा पराजित भए पनि रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएका र अहिले चार वटा छुट्टाछुट्टै मुद्दामा ९१ वटा आपराधिक मुद्दा खेपिरहेका ट्रम्पले यो अवधिभरि नै कङ्ग्रेसको लगाम खिच्न सफल भएका छन् ।

उनले युक्रेनलाई रूसविरुद्धको लडाईंमा सहयोग गर्ने कुराको विरोध गर्दै आफू निर्वाचित भएमा एक दिनमै युद्धको वैकल्पिक समाधान गर्ने बताउँदै आएका छन् । उनले सांसदहरूलाई अमेरिकी सीमा सुधारसम्बन्धी विधेयकलाई पारित नगर्न खुलेआम अह्वान गरेका छन् ।

बाइडेनले ट्रम्पले सीमा विवादलाई राजनीतिक प्रहारका रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
एएफपी

वि.सं.२०८० फागुन २ बुधवार १२:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...