back
CTIZAN AD

पशु विज्ञानमा विद्यार्थीको आकर्षण

वि.सं.२०८० फागुन २ बुधवार

825 

shares

गलकोट (बागलुङ) । कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।

प्राविधि धारतर्फ अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्या पुनः उकालो लाग्न थालेको विद्यालय प्रशासनले जनाएको छ । अहिले टाढा–टाढाबाट पशु विज्ञान अध्ययनका लागि पढ्न आउनेको स्ङ्ख्यामा वृद्धि भएको विद्यालयका पशु विज्ञान संयोजक डा आशिष सापकोटाले बताए । उनका अनुसार सामुदायिक विद्यालयमा सञ्चालित पशु विज्ञानको पढाइप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै निम्न वर्गीय परिवारबाट पनि प्राविधि शिक्षा अध्ययन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

विपन्न परिवारका छोराछोरीले प्राविधिक धारमा निःशुल्क अध्ययन गर्न पाउने भएपछि छिमेकी जिल्ला म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाबाटसमेत विद्यार्थी आउन थालेका सापकोटाको भनाइ थियो । विसं २०७३ मा जिल्लामा पहिलो पटक प्राविधिक धारतर्फ पशु विज्ञानमा कक्षा ९ देखि १२ सम्म धौलागिरि वीरेन्द्र माविले अध्यापन थालेपछि अन्य सङ्कायमा पनि विद्यार्थी बढ्न थालेका उनले बताए ।

पहिलो वर्ष १६ जना विद्यार्थीबाट पशु विज्ञानको अध्यापन सुरु गरिएकामा हाल ७४ जना विद्यार्थीले अध्ययन गरिरहेका संयोजक सापकोटाले जानकारी दिए । “सबै परिवारका छोराछोरीले प्राविधिक विषय पढ्न सक्दैथ्ये । सरकारले सरकारी विद्यालयमा पशु विज्ञान अध्यापन गराउन थालेपछि जिल्लामा पहिलो पटक यहीँ विद्यालयले अनुमति पाएको थियो”, उनले भने, “यहाँ म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाका विद्यार्थी पनि आउने गरेका छन् । अङ्ग्रेजी माध्यममा पढाइ हुनथालेपछि निजी विद्यालय छोडेर यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ ।”

विद्यार्थी अभावमा झण्डै बन्द हुने अवस्थामा पुगेको विद्यालयमा कक्षा १ देखि १२ सम्म तीन सय ५० विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

म्याग्दीमा पशु विज्ञानको पढाइ नहुने भन्दै आफूले उक्त विषय अध्ययन गर्न चाहेकाले बागलुङमा आएर पढ्न थालेको म्याग्दीको भकिम्ली निवासी कक्षा १२ मा अध्ययनरत सनम सुनारले बताए । “पशु विज्ञानमा राम्रो सम्भावना देखेर म्याग्दीबाट अध्ययन गर्नका लागि यहाँका आएको थिएँ”, उनले भने, “प्राविधिक धारतर्फ रोजगारीको सुनिश्चितताका साथै स्वदेशमै सम्भावना हुन्छन् ।”

बागलुङ नगरपालिका–३ रातामाटास्थित धौलागिरि वीरेन्द्र माविमा पशु विज्ञान अध्यापन सुरु भएसँगै प्राविधिक विषय पढ्न चाहनेलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको विद्यार्थी सचिन गौतमले जानकारी दिए । मुलुकमा रोजगारीको प्रशस्त सम्भावना हुनुका साथै दैनिकीमासमेत प्रयोगमा आउने भएकाले पशु विज्ञानमा आकर्षित भएको उनकोे भनाइ थियो । क्षमता भएर पनि प्राविधिक अध्ययन गर्न नसकेका विद्यार्थीलाई विद्यालयमा सञ्चालित पशु विज्ञान सङ्कालयले ठूलो राहत दिएको गौतमले बताए ।

विसं २०२१ मा स्थापना भएको विद्यालयमा कुनै समय एक हजार बढी विद्यार्थी हुने गर्दथे । विसं २०६८ मा कक्षा १ देखि १० सम्म ६८ जना विद्यार्थी थिए । समुदायको पहलमा पुनः विद्यालयलाई सुधार गर्न थालेपछि अहिले विद्यार्थी सङ्ख्या तीन सय ५० पुगेको छ ।

“विसं २०६८ देखि विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन थालेका हौँ । विस्तारै प्रयोगशाला, कम्प्युटर कक्षासँगै प्राविधिक धारतर्फ पशु विज्ञान अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ”, विद्यालयका प्रधानाध्यापक भूमिराज गौतमले भने । उनका अनुसार कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम, कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउन थालिएको छ ।

जिल्लामा धौलागिरि वीरेन्द्र माविपछि ताराखोला गाउँपालिकाको नेपाल माध्यामिक विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माध्यामिक विद्यालयमा पशु विज्ञानको पढाइ हुने थालेको छ । रासस/सांकेतिक फाेटाे

 

वि.सं.२०८० फागुन २ बुधवार १३:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...