back
CTIZAN AD

मुगुका किसानलाई स्याउ बगैँचा काँटछाँट गर्न भ्याइनभ्याइ

वि.सं.२०८० फागुन २ बुधवार

819 

shares

मगु । मुगुका स्याउ किसानलाई अहिले बिरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ । माघ–फागुनलाई स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय मानिन्छ ।

अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने समस्या देखिने भएकाले मुगुका किसान यतिबेला बगैँचामा बिरुवा÷बोट काँटछाँट गर्नमा व्यस्त भएका हुन् ।

फागुनको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउँन थाल्छन् त्यसअघि नै बोटमा निस्किएका बाक्ला तथा अनावश्यक देखिएका हाँगा काट्नुपर्ने हुन्छ । मुगुको स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा, सेरी र जामका किसान अहिले धमाधम आफ्ना बगैँचाका अनावश्यक हाँगाबिगा काँटछाँट गरिरहेका छन् । उनीहरु बिहानदेखि बेलुकासम्म स्याउ बगैँचामा व्यस्त देखिन्छन् ।

“पहिला कोदो, जौ, गहुँ, तरकारी खेती गर्दा जीविकोपार्जनमा समस्या हुन थालेपछि अहिले स्याउखेती गर्न थालेका छौँ । पछिल्लो समय गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि स्याउको माग बढेको छ”, छायानाथ रारा नगरपालिका–४ ताल्चाकी किसान मायादेवी भामले भने, “घरखर्च र छोराछोरीको पढाइलेखाई यही स्याउ खेतीले धानेको छ ।” उनका अनुसार बगैँचामा तीन सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन् । बिहान, बेलुका बिरुवालाई सुरक्षा दिने, काँटछाँट गर्ने, निलोतुथो र चुना लगाउने काम भइरहेको उनले जानकारी दिए ।

किसान विष्नुमाया रोकायाले आफ्नो बगैँचामा पाँच हजार स्याउका बिरुवा रहेको जानकारी दिइृन् । बगैँचाका बोट काँटछाँट गर्ने, सुरक्षा दिनेलगायत काममा दैनिकी बित्ने गरेको उनले बताए ।

“घरमा अन्य सबै खेती छोडिसकेका छौँ । यही स्याउ खेतीमा १३÷१४ वर्ष बितिसक्यो । बिरुवाले फल राम्रो दिए हाम्रो जीविकोपार्जन सहज हुन्छ”, रोकायाले भनिन्, “गतवर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिँचाइमा कुनै समस्या थिएन । यो वर्ष हिउँ कम परेकाले सिँचाइमा समस्या भएको छ ।”

छायानाथ रारा–६ का कुसलाल कुलालले धेरै वर्ष भारतको हिमाञ्चल प्रदेशमा स्याउसम्बन्धी काम गरेर अहिले गाउँमा खेती गरिरहेको बताईन् । अर्काको देशमा कुनै हकअधिकार नहुने भएकाले भारतमा सिकेको सीप आफ्नै गाउँघरमा लागू गर्नुपर्छ भन्ने लागेर स्याउखेती थालेको उनिको भनाइ थियो ।

पछिल्लो समय मुगुका धेरै किसानले स्याउ खेती गरे पनि प्राविधिक ज्ञान नहुँदा खेतीमा समस्या भोग्दैँ आएका छन् । जिल्ला कृषि कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीका अनुसार बगैँचामा प्रत्येक वर्ष बिरुवा काँटछाँट गर्नुपर्ने हुन्छ । “बिरुवालाई पहिलादेखि मलजल र गोडमेल गर्नुका साथै विभिन्न जातिका कीरा लागेर रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले यसबाट बिरुवालाई बचाउन काँटछाँट, गोड्मेल तथा उपचार समयमा नै गर्नुपर्छ”, उनिले भनिन्, “अहिले यहाँका किसानले त्यही काम गरिरहेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाइ मुगु (स्याउ जोन) कार्यालयका प्रमुख तेजविक्रम मल्लले नराम्रो धेरै स्याउ फल्नु भन्दा राम्रो गुणात्मत्क थोरै स्याउ उत्पादनले प्रशस्त आम्दानी दिने बताईन् । गुणस्तरीय स्याउका दाना उत्पादनका लागि यो बेला किसान स्याउका बिरुवाको सुरक्षाका काममा लागिरहेको उनिकोे भनाइ थियो । रासस/फाइल फाेटाे 

वि.सं.२०८० फागुन २ बुधवार १४:०० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...