back
CTIZAN AD

नेपाल र भारतबाट धनुषा र सिरहा जोड्न झोलुङ्गे पुल हेर्नेको घुइँचो

वि.सं.२०८० फागुन २ बुधवार

1.1K 

shares

गोदार (धनुषा) । धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ ।

करिब दुई साताअघि निर्माण भई सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका छन् । दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलले बताए । नदी र बालुवा बाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उनकोे भनाइ थियो ।

मण्डलले भने, “पुल वरिपरि धमाधम पसल खुल्दैँछन् । यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बन्दै गएको छ ।” पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिनुभएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्मा प्रसाद यादवले जानकारी दिए ।

“जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो । तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुदैँन)”, जनकनन्दनी–६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भनिन् । पहिले गाउँमा रु दुई हजारदेखि दुई हजार पाँचयसम्मको बिक्री हुनेमा अहिले बम हुँदै गएको उनले बताए ।

गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताईन् । यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको उनले बताइृन् ।

यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ । सम्झौता मिति भन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ ।

टावरमा सोलार प्यानल जडान

पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ । पुलमा छ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिनुभएका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो ।

 

वि.सं.२०८० फागुन २ बुधवार १५:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...