काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ ।
बुधबार नै सचिवालय बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बसेको छ । सचिवालय बैठकमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ ।
महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालय बैठकले केन्द्रीय कमिटी बैठकको मितिसमेत तय भएको बताइएको छ । कार्यालय बैठकबाट सचिवालय बैठकको कार्यसूची तयार गरिएको छ ।
एमाले आगामी फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा छ ।
वि.सं.२०८० फागुन ३ बिहीवार ११:२३ मा प्रकाशित






























