back
CTIZAN AD

४२ प्रतिशत महिलामा यौन रोगको लक्षण

वि.सं.२०८० फागुन ३ बिहीवार

900 

shares

काठमाडौँ । यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो ।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताइृन् ।

उनिका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियोे । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए । अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले धेरै महिलामा एचआइभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताईन् ।

अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्र्पक हुँदा १० बर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो ।

उनिले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिए । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ थियो । “धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमान्को मृत्यु, श्रीमान्ले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो”, उनिले भनिन् ।

लागुऔषधको दुव्र्यसनी

अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेको पनि पाइएको छ । उहाँका अनुसार ६० प्रतिशतभन्दा बढीले मादकपदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ ।

यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेको पाइयो । लागुऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताईन् । यसैगरी दुई दशमलव सात प्रतिशतले लागुऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उनिले बताईन् ।

परिवारलाई जानकारी छैन

अध्ययनअनुसार सवैजनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए । परिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ ।

यौन व्यवसायमा लाग्ने धेरैजसोले आधारभूत शिक्षा लिएको पाइएको छ । छदेखि १० कक्षा पास गरेका धेरैजसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिएर सम्पन्न गराउनसके यौन व्यवसायमा छोड्ने भएकाले महिलालाई मानसिक स्वास्थ्य र परामर्श सेवा सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनले अध्ययनले नीति निर्माता तथा कार्यक्रम तर्जुमा गर्नेलाई वास्तविक यौन व्यवसायका पीडा देखाउने र तिनीहरुका पक्षमा योजना बनाउन सजिलो हुने बताए ।

वि.सं.२०८० फागुन ३ बिहीवार १६:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...