back
CTIZAN AD

आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० फागुन ६ आइतवार

1.1K 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्रका विद्यमान समस्या, बेरोजगारी, युवा पलायनका साथै चुरेको विनाशका बारेमा सांसद किरणकुमार शाहले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रका प्रायःसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चाप रहेको संसद्लाई जानकारी गराए ।

“अर्थतन्त्रमा देखापरेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ । सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको छ”, प्रधानमन्त्री दाहालले भने, “देशभित्रै रोजगारीका अवसर सिर्जनाका लागि आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी भइरहेको छ । उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथ लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइँदैछ ।”

दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान गठन गरिएको प्रधानमन्त्री दाहालले बताए । त्यस्तै स्वरोजगार प्रवर्द्धनका लागि नवप्रवर्तनलाई सार्वजनिक निजी साझेदारीको अवधारणामा राष्ट्रिय अभियानकैरुपमा सञ्चालन गरी यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले कृषि, पशुपन्छीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन तथा रोजगारी बढाउने विशेष कार्यक्रम सबै पालिकामा कार्यान्वयन गर्नेगरी अघि बढाइएको बताए । स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवदेन दिनसक्ने गरी नयाँ व्यवस्था गरिने उनले उल्लेख गरे ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन यसको हालको ढाँचामा परिवर्तन गरी यसलाई नतिजासँग आबद्ध गरिने दाहालले जानकारी दिए ।

वि.सं.२०८० फागुन ६ आइतवार १४:५९ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...