back
CTIZAN AD

युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्नेछ : विदेशमन्त्री वाङ

वि.सं.२०८० फागुन ७ सोमवार

858 

shares

म्युनिख, जर्मनी । चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताएका छन् ।

वाङले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग जारी म्युनिख सुरक्षा सम्मेलनका क्रममा भएको भेटमा उक्त भनाइ रखेका हुन् ।
चीन र युक्रेनबीच धेरै वर्षअघि रणनीतिक साझेदारी भएको र दुई देशका जनताबीच परम्परागत मित्रता रहिआएको उल्लेख गर्दै वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि युक्रेनसँगको सम्बन्ध सामान्यरूपमा विकसित हुने र यसले दुई देशका जनतालाई फाइदा पु¥याउने अपेक्षा गरेको बताए ।

आपतकालिन अवस्थामा चिनियाँ सैनिकलाई सकुशल बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी पक्षप्रति पुनः कृतज्ञता व्यक्त गर्दै उनले चिनियाँ जनताले कहिल्यै नबिर्सने बताए ।

वाङले युक्रेनको मुद्दामा चीनको स्थितिको बारेमा विस्तृत जानकारी दिँदै चीनले महत्वपूर्ण मुद्दाहरूको राजनीतिक समाधान र शान्ति वार्तालाई बढावा दिने कुरामा जोड दिए ।

कुलेबाले युक्रेन चीनसँग मैत्रीपूर्ण आदानप्रदान कायम राख्न र द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिन इच्छुक रहेको बताए ।
विश्व मामिलामा चीनको महत्वपूर्ण प्रभाव रहेको र युक्रेनले युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि चीनले जारी गरेको ‘पोजिसन पेपर’को उच्च प्रशंसा गरेको कुलेबाले बताए ।

युक्रेनी पक्षले चीनले शान्ति प्रबद्र्धनमा अद्वितीय रचनात्मक भूमिका निर्वाह गरिरहने आशा गरेको र युरेशियन मामिलामा चिनियाँ सरकारका विशेष प्रतिनिधिसँग सम्पर्क बलियो बनाउन इच्छुक रहेको उनले बताए ।(रासस / सिन्ह्वा) 

 

वि.सं.२०८० फागुन ७ सोमवार १६:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...