काठमाडौँ । दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखामा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।
यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
रासस
वि.सं.२०८० फागुन ८ मंगलवार ०७:३० मा प्रकाशित






























