back
CTIZAN AD

बैङ्किङ क्षेत्रप्रति दुष्प्रचार नगर्न राष्ट्र बैङ्कको आग्रह

वि.सं.२०८० फागुन ९ बुधवार

1.2K 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले मंगलवार एक सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको छ । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ”, सूचनामा भनिएको छ ।

बैङ्किङक्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै केन्द्रीय बैङ्कले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैङ्कलाई कानुनले स्पष्ट “इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैङ्किङ सिद्धान्त तथा असल अभ्यासका आधारमा यस बैङ्कले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैङ्कबाट नियमितरूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको छ,” राष्ट्र बैङ्कले सूचनामा भनेको छ ।

वि.सं.२०८० फागुन ९ बुधवार ०७:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...