back
CTIZAN AD

राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट नेपाल, चीन र भारत जोडिए

वि.सं.२०८० फागुन १० बिहीवार

933 

shares

दिलकुमार लिम्बू, फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र चीन र भारत जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् ।

मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुँदै सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए ।

तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हँुदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ । उत्तर दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ । एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का रु ४४ करोडमा लिएको थियो । तापेथोकबाट काम थालेको ठीक छ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार अब छ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यस अगाडि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।

मूलघाट-दोभान-ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म दुई सय ३० किलोमिटर छ । ओलाङचुङगोलादेखि तिप्तला नाकासम्मको दूरी २४ किलोमिटर छ । तमोर कोरिडोरको लम्बाइ दुई सय ५४ किलोमिटरमा छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा ५१ किलोमिटरमा टाढा छ ।

विसं २०६५ मा तमोर कोरिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताए । सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडाअध्यक्ष छेतेन लामाले बताए । ओलाङचुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए ।
रासस

वि.सं.२०८० फागुन १० बिहीवार १०:५१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...