काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । लगातार तेस्रो चोटी पनि सेयर बजारमा सर्किट ब्रेक लागेपछि सोमबारको लागि सेयर कारोबार बन्द भएको हो । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटमै नेप्से परिसुचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुन तेस्रो सर्किट लागेका हो ।
आइतबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो । आज बजार ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।
केहि समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो । २३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । बैंकिङ ५.९, विकास बैंक ६.४, फाइनान्स ६.१, होटल तथा पर्यटन ५.५, हाइड्रोपावर ७.८, लगानी ६.४, जीवन बीमा ६.३, उत्पादन ५.१, माइक्रोफाइनान्स ३.०, निर्जीवन बीमा ४.३, अन्य ६.७ र ब्यापार समूह ३.६ प्रतिशत बढे ।
रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मोलुङ हाइड्रोपावर, ङादी ग्रुप क्रमशः रहेका छन् ।
वि.सं.२०८० फागुन २१ सोमवार १२:४५ मा प्रकाशित


























