काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने बताइएको छ । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।
वि.सं.२०८० फागुन २२ मंगलवार ११:०४ मा प्रकाशित






























