back
CTIZAN AD

सरकारी कार्यालयमा सर्वसाधारणले पार्किङ गर्न नपाउने

वि.सं.२०८० फागुन २३ बुधवार

981 

shares

बलेवा (बागलुङ) । जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५/३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खोल्न थालेको छ ।

जिल्लास्थित मालपोत कार्यालय परिसरमा पनि प्रशासनकै हाराहारीमा जग्गा छ । मुख्य भवन र अन्य केही संरचना बाहेकको जग्गामा तरकारी र फलफूल खेती गरिएको छ । मालपोतको कामका लागि आउने सेवाग्राहीले मूलगेटमा सवारी रोकेर सेवा लिन्छन् । कार्यालय परिसरभित्र सेवाग्राहीलाई पार्किङ निषेध गरिएको छ । कार्यालय परिसरमा पार्किङको प्रयास गरेपनि कर्मचारीले प्रवेश निषेध गर्ने गरेका सेवाग्राहीको गुनासो छ ।

आवारोडमा रहेको नेपाल टेलिकममा जग्गा लथालिङ्ग छ । आडैमा रहेको पर्यटन कार्यालय, त्यसको केहीपर धौलागिरि अस्पतालसँग पनि पर्याप्त जग्गा हुँदाहुँदै पनि सर्वसाधारणले पार्किङका लागि उपभोग गर्न पाउँदैनन् ।

कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिइएको छ । कार्यालयमा पुगेका सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्लास्थित ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरैले बताए । कम्तीमा सरकारी कार्यालयले सेवाग्राहीलाई सवारी पार्किङको सुविधा दिए बजार क्षेत्रमा हुने ट्राफिक जामको समस्या आधा कम हुने उनको भनाइ छ ।

सावरी जामका कारण बजार क्षेत्र अस्तव्यस्त देखिनुका साथै बजारको सौन्दर्यतामा कमी आएको भन्दै यसले सडक र सवारी साधानको सुरक्षामा समेत चुनौती थपिएको न्युरैले बताए ।

उनका अनुसार पर्याप्त जग्गा भए पनि सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा मालपोत, विद्युत्, शिक्षा विकास तथा समन्वय इकाई, नापी, खानेपानी तथा सरसफाइ डिभिजन र जलस्रोत तथा सिँचाइ डिभिजन रहेका छन् ।

“सदरमुकाममा कयौँ बैंकहरुले कारोबार गर्छन्, उनीहरु कसैको पनि पार्किङको सुविधा छैन्”, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, “सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सेवाग्राहीलाई पार्किङको सुविधा नदिँदा सर्वसाधारण जोखिम मोलेर सडकमा सवारी राख्न बाध्य छन् ।” सडकमा सवारी चापका कारण यात्रा गर्ने अन्यलाई पनि सास्ती हुने गरेको भन्दै हरेक नागरिकले सहज यात्रा गर्न पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

साँघुरो बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई सेवा दिन आग्रह गरेपनि अटेरी गरिरहेका छन् ।

“नगर प्रशासनले पटक-पटक प्रमुख जिल्ला अधिकारीमार्फत पार्किङ खोल्न आग्रह गरेका छौँ । कार्यालय परिसरमा केही सवारी पार्किङ हुँदा मात्रै ट्राफिक समस्या घट्छ”, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने, “हामीले दीर्घकालीन समाधान तत्काल गर्नसक्ने अवस्था छैन्, तर विकल्पका लागि छलफल गरिरहेका छौँ ।” उनले सरकारी कार्यालय तथा बजारमा रहेका बैंकले पार्किङको व्यवस्थापन गर्ने हो भने समस्या कम हुँदै जाने बताए।

पार्किङ व्यवस्थापनका लागि नगरले विभिन्न योजना बनाएको प्रमुख श्रेष्ठले बताए । सरकारी कार्यालयमा पार्किङ सुविधा सर्वसाधारणका लागि उपलब्ध गराउन कार्यालय प्रमुखको बैठकबाट निर्णय भइसके पनि हालसम्म निर्णय कार्यान्वयनमा आउन नसकेको उनले जानकारी दिए ।

“हामीले प्रशासनको पार्किङ खुल्ला गरेका छौँ, सबै कार्यालय प्रमुख बसेर निर्णय भएको छ”,प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, “निर्णय कार्यान्वयनका लागि सबै कार्यालयमा पत्र पठाएका छौँ । कार्यान्वयन भए/नभएको बारे बुझेर कार्यान्वयन गराउन पहल गर्नेछौँ ।”

नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको जनाएको छ । खासगरी सेवाग्राहीको भिडभाड हुने प्रशासन, टेलिकम, मालपोत र नापी कार्यालयले भएको सुविधा सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको प्रजिअ रिजालको भनाइ छ ।

पर्यटक भित्रिने मुख्य नाका भएकाले पनि बागलुङ बजारमा जिल्ला बाहिरका सवारीसाधन धेरै आउने गर्दछन् । यहाँका होटलमा बास बस्दासमेत पर्यटकले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

“हामीले नयाँ बसपार्क सञ्चालन गरेर पार्किङ व्यवस्थापनको योजना बनाएका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “घुम्ती पार्किङको व्यवस्थापन गरौँ भन्दा व्यवसायीले मान्नुभएको छैन ।” अहिले एकातर्फी पार्किङले ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालीन व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ ।
रासस

वि.सं.२०८० फागुन २३ बुधवार १३:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...