back
CTIZAN AD

भन्सार छली भित्र्याइएका सामान बरामद

वि.सं.२०८० फागुन २४ बिहीवार

1K 

shares

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताए ।

यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन २४ बिहीवार ११:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...