back
CTIZAN AD

सत्ता गठबन्धनमा परिवर्तनपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन

वि.सं.२०८० फागुन २४ बिहीवार

801 

shares

काठमाडौँ । सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।

संसद्मा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले संसद्मा उठाइएका दुई युवा मारिएको बालकुमारी-घटनामाथि उठेका प्रश्न मन्त्रिपरिषद्को पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भएको बताए ।

“सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप सत्य छैन । संसद्मा नियमित कार्यतालिका बनाएर सवाल जवाफ सुरु गर्ने प्रधानमन्त्रीमाथि लगाइएको त्यस्तो आरोप स्वीकार्य छैन ।” प्रधानमन्त्री दाहालले मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता भइरहेको र सहकारी पीडितका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगमा कार्यदल बनाइ काम भइरहेको जानकारी दिए । समस्याग्रस्त लघुवित्त र सहकारीबाट नागरिकका बचत हिनामिना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरीबाट छानबिन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भएको पनि उनले जानकारी गराए ।

प्रधानमन्त्री दाहालको सम्बोधन जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल आएको थियो ।

वि.सं.२०८० फागुन २४ बिहीवार १३:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...