back
CTIZAN AD

मनाङका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै

वि.सं.२०८० फागुन २५ शुक्रवार

993 

shares

मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् ।

जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएको स्थानीय तिरकाशी घलेले बताए । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उनले भने, “एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उनको भनाइ छ ।

“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भने । जिल्लाका अन्य क्षेत्रमा पनि सामूहिक खेती गर्न सके यहाँ उत्पादित आलु बाहिर निर्यात गरेर आम्दानी बढाउन सकिने उनको भनाइ छ ।

किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताइन् । “सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ”, उनले भनिन् ।

मनाङमा उत्पादित आलुको माग ठूला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताइन् । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आमनागरिकमा पुर्याउन सकिएको उनको भनाइ छ ।

उनीहरूजस्तै यहाँका महिला आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसान बताउँछन् । बाहिरको मागलाई पूर्ति गर्न नसकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हिउँद लागेसँगै जाडो छल्न काठमाडौँ, पोखरालगायत सहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासो–५ का वडा सदस्य फूलमाया विकले बताइन् । “यस वर्ष समयमा नै हिउँ परेकाले जमिन गलेको छ । अहिले खेतीका लागि समय पनि उपयुक्त भएकाले अधिकांश खेतीपातीमा व्यस्त हुन थालेका हुन्”, उनले भनिन् ।

गाउँ फर्किएर जौँ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा आलु लगाउन भ्याइनभ्याइ भइरहेको उनले जानकारी दिए ।

वडा सदस्य विकले भने, “यस वर्ष समयमा नै हिउँ परेकाले कृषि पेसा गर्नेलाई सहज भएको छ । जमिन भिजेकाले सिँचाइको समस्या छैन । यतिबेला पालिकाभरिका किसान आलु रोप्न व्यस्त छन् ।” नासोका ओडार, तिल्चे, नाचै र ताचै, थोचे बढी आलु फल्ने क्षेत्र भएको नासो–५ का वडाध्यक्ष थुतेन लामाले बताए ।

कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको बताए । “कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ । मलको मात्रा, चिस्यानको अवस्था र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, उनले भने ।

गैरेका अनुसार यहाँ बढी उत्पादन हुने खेतीलाई ज्ञान केन्द्रले पनि प्राथमिकता दिँदै आएको छ । पालिका र ज्ञान केन्द्रको समन्वयमा कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न अनुदानको व्यवस्थासमेत गरिएको भन्दै यहाँका किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।
रासस

वि.सं.२०८० फागुन २५ शुक्रवार १४:४० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...