back
CTIZAN AD

नारी दिवसको अवसरमा महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण

वि.सं.२०८० फागुन २५ शुक्रवार

1K 

shares

झापा । नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ । झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको हो ।

लायन्स क्लब अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओली र विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले लत्ताकपडा वितरण गरेको हो । उनिले बन्दी जीवन बिताइरहेका महिलालाई स्वरोजगारमूलक सीप र सकारात्मक सोचको विकास गर्न आग्रह गरिन् ।

जीवनमा भएका सानो गल्ती वा परिबन्दले सुरधारगृहमा पुग्नुपरेका दिदीबहिनीलाई पनि नारी दिवसको आभास होस् भनेर सहयोग गरिएको लेडी लायन्सकी अध्यक्ष ओलीले बताईन् । झापा कारागारमा हाल ९१ महिला ९१, एक हजार पाँच सय २२ पुरुष र दुई बालबालिका कैदीबन्दी रहेका छन् ।

महिला दर्शकलाई प्रवेश निःशुल्क

यसैबीच झापाको विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आज महिला दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दर्शकलाई टिकट निःशुल्क गरिएको हो । उक्त प्रतियोगितामा रु दुई सय र रु तीन सय प्रवेश शुल्क निर्धारण गरिएको थियो ।

दृष्टिविहीनसँग अन्तक्र्रिया

महिला जनचेतना केन्द्र झापाले नारी दिवसका अवसरमा आज काँकडभिट्टामा दृष्टिविहीन महिलासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । केन्द्रकी अध्यक्ष राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, आवतजावत र राज्यको सुविधामा सकस भोग्नुपरिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण होस् भनेर कार्यक्रम गरिएको बताईन् ।

सो अवसरमा मेचीनगर क्षेत्रका ६ दृष्टिविहीन महिलाले आफूले भोगिरहेका समस्या सुनाएका थिए ।

 

वि.सं.२०८० फागुन २५ शुक्रवार १६:३२ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...