काठमाडौं । माउण्टेन ड्युले ग्रीष्म प्रचार अभियान सुरु गरेको छ । नेपाल उपभोक्ताहरुलाई आफू भित्रको डरलाई हटाउन आग्रह गर्दै ड्युले यस अभियान सुरु गरेको हो ।
कम्पनीका अनुसार यस अभियानमा जोडिएका अनूप विक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्त गर्दै आएको “डरको अगाडी जित छ” भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् । यो अत्यन्त रमाइलो प्रचार अभियान एक टिभि विज्ञापनको साथमा आएको छ, जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्नेछ ।
अभियानको बारेमा पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयलले भने, “माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र “डरको अगाडी जित छ” लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि शुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरु भएको टिभि विज्ञापन नेपाली युवाहरुसंग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरु भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछ ।”
त्यसैगरी, कलाकार शाहीले भने, “माउण्टेन ड्युसंग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा “डरको अगाडी जित छ” लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो । माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरु छायाँकनले म भित्र अदम्य साहसहरु भरिएका छन्, जुन मेरो व्यक्तित्वसंग पनि दुरुस्त मेल खान्छ । सधैंं जसो नेपाली युवाहरुसंग यो यात्रा साझा गर्दै उनीहरुलाई उनीहरुको डर भन्दा अगाडी बढाउन र जितलाई आत्मसात गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छुँ ।”
कम्पनीका अनुसार नयाँ माउण्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभि च्यानलहरु लगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा संचालन गरिने छ । साथै ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरु आधुनिक एवं परम्परागत खुद्रा पसलहरुका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
वि.सं.२०८० चैत ७ बुधवार १३:५८ मा प्रकाशित






























