back

तनहुँमा क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

वि.सं.२०८१ वैशाख ९ आइतवार

237 

shares
RBB AD
NTC AD

दमौली (तनहुँ) । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो ।

पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए । उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे । उनले भने, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।”

रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरेकी छन् ।
रासस /सांकेतिक फोटो

वि.सं.२०८१ वैशाख ९ आइतवार ०७:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र...

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...