back
CTIZAN AD

हाथवे इन्भेष्टमेन्टको नाफा सात करोड,आम्दानीमा उछाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार

753 

shares

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरको छ । सार्वजानिक गरेको विवरण अनुसार कम्पनीको आम्दानीमा भारी वृद्धि भएको पाईन्छ ।

गत आर्थिक वर्षको तुलनामा कम्पनिको आम्दानी १०४.६४ प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमाससम्मा कम्पनीको आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो भने चालु आवको चैत मसान्तसम्ममा आम्दानी १०४.६४ प्रतिशतले  बढेर कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

चालु आवमा यस कम्पनीको नाफामा पनि वृद्धि भएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनिको खुद नाफा ७ करोड ५० लाख रुपैयाँ धनात्मक भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

१ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशत बढेको छ भने कुल खर्च १२.४३ प्रतिशत घटेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा रहेको छ । अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँको यो कम्पनीको सेयर मूल्य बुधबार बजार बन्द हुँदा ८१४ रुपैयाँ १० पैसा छ ।

 

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५४ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...