धनगढी । वैशाख १५ गते भएको उपनिर्वाचनमा बझाङ–१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।
भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गरेका थिए ।
भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।
वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:४८ मा प्रकाशित






























