back
CTIZAN AD

नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल

वि.सं.२०८१ जेठ २५ शुक्रवार

705 

shares

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज चार वटा मन्त्रालयसँग दफावार छलफल गरेको छ ।

समितिले सञ्चार तथा सूचना प्रविधि, गृह, कानुन र श्रम तथा रोजगारी मन्त्रालयसँग सम्बन्धित विषयमा केन्द्रित रही विधेयकमाथि छलफल गरेको समितिका सभापति विमला सुवेदीले बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीको संयोजनमा बिहिबार पनि ती मन्त्रालयसँग छलफल भएको थियो । यसअघि समितिले विधेयकमा दुई पटक छलफल गरी अधिकांश विषयमा सहमति कायम गरिसकेको छ ।

समिति सभापति सुवेदीले सञ्चार तथा सूचना प्रविधि, गृह, कानुन र श्रम तथा रोजगारी मन्त्रालयसँग सम्बन्धित अधिकांश विषयमा सहमति भएको बताए । उनले भने, “वैदेशिक रोजगारी पठाउने म्यान पावर कम्पनीले जिम्मेवारी विपरीत काम गरेमा एक लाख जरिवाना गर्ने व्यवस्था रहेकोमा अब कम्पनीको निर्णयबाट कति पीडित भए जनही रु ५० हजारका दरले जरिवाना तिर्नुपर्ने नयाँ प्रावधान राख्ने सहमति भएको छ ।”

बाँकी मन्त्रालयसँग उक्त विधेयकमा सहमति कायम गर्न आगामी दिनमा क्रमशः छलफल हुने उनले जानकारी दिए । सभापति सुवेदीले भने, “अब यो विषयले धेरै समय लिँदैन । दुई÷चार वटा बैठकबाट टुङ्गिन्छ ।”

 

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:५६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...