back
CTIZAN AD

भारतमा तेस्रो पटक प्रधानमन्त्री बने नरेन्द्र मोदी

वि.सं.२०८१ जेठ २५ शुक्रवार

936 

shares

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरक्षित गेका छन् ।

उनले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष आफ्नो बहुमत देखाउँदै हस्ताक्षरित समर्थन पत्र प्रस्तुत गरे । राष्ट्रपतिले उनलाई आगामी सरकार गठन गर्न आमन्त्रण गरिन् ।

मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विगत एक दशकसम्म पूर्णरूपमा शासन गर्यो तर यसपटकको निर्वाचनमा आफ्नो पछिल्लो शानदार जीतलाई दोहोर्याउन असफल भयो ।

यसको सट्टा भाजपालाई १५–सदस्यीय राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सँग द्रुत वार्ता गर्न बाध्य बनायो । गठबन्धनले पार्टीलाई शासन गर्नका लागि संसदीय सङ्ख्याको ग्यारेन्टी दिएको छ ।

“एनडिए सरकारलाई सेवा गर्ने तेस्रो अवसर दिएकामा म जनतालाई धन्यवाद दिन्छु”, मोदीले शुक्रबार साँझ भने, “यो जनताको इच्छा र अवसर हो र म यो अवसरका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।”

मोदीले यसअघि भारतको संसद्भित्र आफ्नो गठबन्धनका करिब तीन सय सांसदहरूको बैठकमा सम्बोधन गरे र सर्वसम्मतिबाट उनको नेतृत्वलाई समर्थन गरेकामा सांसदहरूलाई धन्यवाद दिए ।

यसै साता गठबन्धनका प्रत्येक पार्टी नेताहरूबाट आफ्नो समर्थनको ग्यारेन्टी प्राप्त गरेपछि उक्त बैठक औपचारिकताका लागि मात्र थियो । यो मोदी र सरकारमा उनका नयाँ सहयोगीहरूबीच सौहार्द प्रदर्शन गर्ने अवसर पनि थियो ।

“मोदीसँग एउटा दृष्टिकोण र उत्साह छ र उहाँको कार्यान्वयन उत्तम छ । उहाँले आफ्ना सबै नीतिहरूलाई सही भावनाका साथ कार्यान्वयन गरिरहनुभएको छ”, प्रधानमन्त्री मोदीको सबैभन्दा ठूलो गठबन्धन दलका नेता चन्द्रबाबु नायडूले भने, “आज भारतसँग सही समयका लागि सही नेता हुनुहुन्छ– अर्थात नरेन्द्र मोदी ।”

पार्टीका अन्य नेताहरूले मोदीलाई बैजनी फूलहरूको माला पहिर्याएका थिए भने गठबन्धनका अर्का समर्थक नितिश कुमार सम्मानको परम्परागत भावमा ७३ वर्षीय प्रधानमन्त्री मोदीको खुट्टा छुन झुकेका थिए ।

एनडिए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा कूल पाँच सय ४३ मध्ये दुई सय ९३ सिट रहेको छ । मोदीले आफू र आफ्नो मन्त्रालयले आइतबार साँझ सपथ लिने बताएका छन् ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार २१:२० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...