back
CTIZAN AD

राष्ट्रिय योजना आयोगको सदस्यमा डा सिंह, यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

वि.सं.२०८१ जेठ २६ शनिवार

831 

shares

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन मिल्ने निर्णय गरिएको जानकारी दिइन् । उनले भनिन् “तोकिएका सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि राष्ट्रिय परिचयपत्रवाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।”

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन भारत भ्रमणको निर्णय स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको भएको छ ।

त्यस्तै, बैठकले हेँटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगहरूको रूपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली,२०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयअन्र्तगन अन्तराष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

वि.सं.२०८१ जेठ २६ शनिवार ०६:०६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...