back
CTIZAN AD

यस्तो छ मधेस प्रदेश सरकारको १४ सदस्यीय नयाँ मन्त्रिमण्डल

वि.सं.२०८१ जेठ २६ शनिवार

855 

shares

धनुषा । मधेस प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् ।

कूल १४ सदस्यीय मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । साथै अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह नियुक्त भएका छन् ।

साथै ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुङ्गेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा बिमला अन्सारी र श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी नियुक्त भएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागीय राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खङ्ग नियुक्त भएका छन् ।

प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड

शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड र समानुपातिक सदस्यलाई रु एक करोड ५० लाख बजेट चलाउन दिने निर्णय गरेको अर्थमन्त्री भरत साहले जानकारी दिए ।

बैठकले मधेस सरकारको गृह मन्त्रालय मातहत रहेको सहिद प्रतिष्ठानमार्फत सहिद परिवारका लागि राहत र वृत्तिविकास तथा सङ्घीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने घोषणा पनि गरेको छ ।

साथै बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास ‘मोडल’ लागू गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने र मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाका रूपमा एक÷एकवटा खुला शैक्षिक पार्क तयार गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैङ्कका रूपमा परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने, दिगो मधेस विकासको योजना तयार गरी स्वदेशी एवं वैदेशिक लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलनको आयोजना गर्ने आजको वैठकले निर्णय गरेको छ ।

मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारितालाई प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने एवं मधेसमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारको दुर्घटना बीमा गर्ने र मधेस प्रदेशमा खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाका रुापमा रङ्गशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

 

 

वि.सं.२०८१ जेठ २६ शनिवार ०६:११ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...