back
CTIZAN AD

चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुने अनुमान

वि.सं.२०८१ जेठ २६ शनिवार

1K 

shares

काठमाडौँ । होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो ।

सङ्घका अध्यक्ष विनायक शाहले पछिल्लो समय चीनमा भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । “चीनका विभिन्न सहरमा आयोजित नेपाल प्रवर्द्धनमा सहभागी चिनियाँ टुर अप्रेटर, पर्यटन व्यवसायीहरूको चासो र अग्रिम बुकिङ हेर्दा आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ”, अध्यक्ष शाहले भने ।

प्रवर्द्धन कार्यक्रमका दौरानमा नेपालको पर्यटन प्रवर्द्धनार्थ महत्वपूर्ण दुई पक्षीय सम्झौता पनि भएकाले चिनियाँ पर्यटकको आकर्षण बढ्ने उहाँको विश्वास छ । चीनमा नेपाल प्रवर्द्धन गरेर फर्किएको सङ्घले चिनियाँ पर्यटक बढोत्तरीका लागि हवाई र सडक यातायात सेवा थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएका ७५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल र सयभन्दा बढी चिनियाँ पर्यटन व्यवसायीबीच बेइजिङ र छेन्दुमा छुट्टाछुट्टै कार्यक्रम भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरूमा नेपाल पर्यटन बोर्डले प्रस्तुतीकरण गरेको थियो । नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीबीच ‘बीटुबी’ बैठक सम्पन्न भएको थियो ।

सन् २०२५ लाई भ्रमण वर्षको रूपमा मनाउने सन्दर्भमा सरकारले छिमेकी मुलुक चीनबाट पर्यटन प्रवद्र्धन गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरी सरकारले लुम्बिनीलाई ‘बर्थिंग हब’ र ‘डेस्टिनेसन वेडिङ’ को रूपमा प्रवर्द्धन गर्ने जनाएको छ । यही जेठ १९ गते चीन पुगेको होटल सङ्घ नेपालका सातै प्रदेशका ७५ सदस्यीय व्यापार प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् ।

 

वि.सं.२०८१ जेठ २६ शनिवार ०६:२१ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...