back
CTIZAN AD

निजामती अस्पतालमा कर्मचारी र सर्वसाधारणका बेग्लाबेग्लै समयमा सेवा

वि.सं.२०७४ वैशाख ३० शनिवार

936 

shares

 

३० वैशाख, काठमाडौँ। निजामती अस्पतालले निजामती कर्मचारी र सर्वसाधारणका लागि जेठ १ गतेबाट बेग्लाबेग्लै समयमा बहिरङ्ग सेवा दिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विशेष गरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्टै समयमा बहिरङ्ग सेवा दिन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्मचारीले सेवा अवधि बढाउन पटकपटक गुनासो गर्दैआएका थिए । यहाँ सर्वसाधारणको चाप छ । त्यसैलाई व्यवस्थित गर्न दुई सिफ्टमा सेवा दिने निर्णय गरेका हौँ ।”

अस्पतालमा दैनिक छ सयदेखि आठसयभन्दा बढी बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन् । निजामती कर्मचारीका लागि बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र सर्वसाधारणका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म बहिरङ्गमा सेवा दिइने छ । निजामतीका लागि बिहान ७ देखि ९ बजेसम्म र सर्वसाधारणका लागि बिहान ९ बजेदेखि टिकट लिइसक्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले साँझ ५ बजेपछि भने पेइङ सेवाअन्तर्गत पनि डेढ वर्षदेखि सेवा दिँदै आएको छ । पेइङ सेवामा उपचार गराउन चाहने बिरामीले रु २५० को टिकट लिएपछि उपचार गराउन सक्छन् । नियमित समयमा उपचार गराउन रु सयको टिकट लिनुपर्छ । रासस

वि.सं.२०७४ वैशाख ३० शनिवार ०६:२१ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...