back

ओमानमा उपन्यास “भुमरी”को चर्चा र श्रष्ट्राहरु सम्मानित

वि.सं.२०७४ वैशाख ३० शनिवार

615 

shares

bhumari-ko-bimochan
मस्कट, अन्तर्राष्ट्रिय साहित्य समाज ओमान च्याप्टरले एक समारोहको आयोजना गरि १२ मैं शुक्रबारका दिन पत्रकार तथा लेखक बसन्त नेपालको नयाँ कृति “भुमरी” उपन्यासमाथि चर्चापरिचर्चा गरिनुको साथै विभिन्न विदाका स्रष्टाहरुको सम्मानित पनि गरिएको छ ।
समाजका अध्यक्ष दिलप्रसाद पौडेलको अध्यक्षता ज्ञातअज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात् नेपाली राष्ट्रिय गान सहित सुशील पुन बिरहीको संचालनमा अघि बढेको सम्पन्न सो समारोहमा प्रमुख अतिथि नेपाली कुट्नितिक नियोग प्रमुख रोजिना ताम्राकार तथा विशेष अतिथिको रूपमा बसन्त नेपाल रहेका थिए भने कृष्ण प्यासीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा ओमान स्थित साहित्य, कलाकारिता तथा पत्रकारिता लगायत बिविध विदामा लागेका ब्यक्तित्वहरुलाई खादा तथा सम्मान९पत्र सहित प्रमुख अतिथिद्वारा सम्मान प्रदान गरिएको थियो ।

मिर्मिरे साँस्कृतिक परिवार, रक्तिम साँस्कृतिक परिवार लगायत, कलाकारिता क्षेत्रका करिब तीन दर्जन कलाकारहरुलाई पनि उनिहरुको कला र साहित्य प्रतिको योगदानलाई कदरलाई गर्दै सम्मानित गरिएको आयोजकले जनाएका छन् ।

समारोहमा गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक डिबी क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, जन प्रगतिशील मन्च ओमन का पदम प्रसाद अर्याल , नेपाली समाज ओमानका किरण राई, प्रवासी नेपाली मन्च ओमानका रामहरि गिरी, गजलकार सोमकृष्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, पत्रकार शालिकराम आचार्य, समाज सेवी तोलाकान्त भट्टराई लगायतले उपन्यास भुमरी माथि आआफ्नो टिप्पणी प्रस्तुत गरिएको थियो भने अन्तमा लेखक बसन्त नेपालले आफ्नो उपन्यास बिषय बस्तुहरुमाथी अमुल्य सुझाव तथा प्रतिक्रियाको लागि धन्यवाद दिदै आगामी प्रकाशनहरु ती सबै बिषयहरुलाई समेट्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो । वैदेशिक रोजगारसंग सम्बन्धित तथा समाजिक बिषयबस्तु समेटिएको उपन्यास ूभुमरीू नेपालको दोश्रो कृति हुन् जुन वैदेशिक रोजगारीको शिलशिलामा नै लेखिएको थियो ।

सम्मानित कलाकार तथा साहित्यकारहरु

वसन्त नेपाल, दिलप्रसाद पौडेल, सुशील पुन बिरही, सोमकृष्ण श्रेष्ठ, योगेश बानु राई, रञ्जित आचार्य, लक्ष्मी निर्मल, कोइराला किरण राई, इन्दिरा गुरुङ, अनुप पाण्डे, दिपिका श्रेष्ठ, हिमलाल पौडेल, मुना नेपाल नानू, गुरुङ प्रकाश, राणा यामु आले, सन्देश राई, नारायण ज्ञवाली, गिता लिम्बू, कुमारी तितुङ, मनु सुनुवार, खेम खड्काथोकि, चेतन मगर, सेवन्त पुर्जा, पुन सँगम थापा, बेदनिधि आचार्य, जयकुमारी घर्ति, मनोज गुरुङ, जेनि राइ, रोजि तामाङ, उमेश घिसि,ङ राज ठकुरी, दिल रोका, तुला गिरि, शालिकराम आचार्य (पत्रकार) र जिबि लामा (पत्रकार) रहेका छन् ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०९:०५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...