Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

एसियाली नेपाली साहित्यको अभिलेखिकरण गरिने



anasas-asiayali-conference

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले कोरियामा आयोजना गरेको गत ६– ७ मे, २०१७ मा ‘प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी’ विभिन्न कार्यक्रम गरी ५ बुदे सौल घोषणापत्रसहित सप्पन्न भएको छ ।

अनेसासको सौल घोषणापत्र
१) स्थापना भएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  (अनेसास) च्याप्टरहरुवीच समन्वय्र सुदृढीकरण गर्दै एसियाका अन्य विभिन्न देशमा अनेसास च्याप्टर स्थापनामा जोड दिने ।
२)  मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालले अघि सारेका अवधारणाप्रति एक्यवद्धता जनाउँदै त्यसको विस्तारका लागि सशक्त कदम चाल्ने ।
३) एसियाली नेपाली साहित्यको अभिलेखिकरण गर्ने ।
४) एसियामा नेपाली साहित्यको उन्नयन र विकासका लागि विभिन्न साहित्यिक गतिविधि गर्ने र हरेक दुई वर्षमा एसियास्तरिय साहित्य सम्मेलनको आयोजना गर्ने ।
५) एसियाका विभिन्न भाषामा नेपाली साहित्यका विशिष्ट कृतिहरुको अनुवाद गरि प्रकासन गर्ने ।

अनेसासका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न पहिलो दिनको पहिलो सत्रमा विभिन्न कार्यपत्र प्रस्तुति र त्यसमाथि विमर्श गरिएको थियो ।

सो सत्रमा अनेसासका उपाध्यक्ष भिमसेन सापकोटा अस्ट्रेलियाको ‘सकारात्मक सोच र नेपाली साहित्यमा यसको आवश्यकता’ र भयवादका अभियन्ता देश सुब्बा (हङकङ) को ‘नेपाली साहित्यमा भयवाद’ शीर्षकका कार्यपत्रहरुको प्रस्तुति र छलफल भएको थियो ।

यसैगरी अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माइला (जापान) को अध्यक्षतामा दोस्रो सत्रमा अनेसास सिक्किम च्याप्टरका अध्यक्ष डा पुष्प शर्माको ‘भारतमा नेपाली साहित्यको अवस्था’ र अनेसासका सल्लाहकार प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलको ‘मानक नेपाली भाषा, आवश्यकता र चुनौती एवं हालसम्मका प्रगति’ कार्यपत्रहरुको पनि प्रस्तुति र छलफल भएको थियो ।

सोहि सत्रमा एसियास्तरमा नेपाली साहित्यको गतिविधि अझ तीव्र पार्ने उद्देश्यले सौल घोषणापत्रको तयारीका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सयोजकत्वमा ६ सदस्यीय समितिको गठन, घोषणापत्रका बुदाम छलफल र पारित गरिएको थियो । सो समितिका अन्य सदस्यमा देश सुब्बा, भिमसेन सापकोटा, प्रकाश पौडेल माइला, बिष्णुप्रसाद घिमिरे, डा पुष्पा शर्मा र कृष गुल्मेली बाबु रहेका छन ।

सो सम्मेलनमा कोरियाका स्रष्टाहरुका अलावा जापान, नेपाल, हङकङ, भारत, अष्ट्रेलिया, अमेरिकालगायतका देशहरूबाट ३ दर्जन स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

यसैगरी अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न सो सम्मेलनको उदघाटन अनेसासका सल्लाहकार प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलले गर्नु भएको थियो । सो समारोहको विशेष अतिथि कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत किरण शाक्यलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा अनेसास कोरिया च्याप्टरका अध्यक्ष कृस बाबू गुल्मेलीले स्वागत, अनेसास सास्कृतिक समितिका सदस्य कमला रिसाल बि। के। ले अतिथिहरुको स्वागतमा राष्ट्रिय गीत र अनेसास वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले अनेसासको परिचय र सम्मेलनको उदेश्य तथा महत्त्वमाथि प्रकास पारेका थिए । सो सम्मेलनमा राधेश्यम लेकालीको कवितासङ्ग्रह ‘आउँदै छ एउटा मान्छे’  विमोचन पनि गरिएको थियो ।

समारोहमा कोरियास्थित विभिन्न सस्थाका प्रतिनिधिहरुले शुभकामना दिनु भएको थियो । कोरियाका लागि नेपालका कार्यवाहक राजदूत शाक्यले दूतावासमा नेपाली पुस्तकालय निर्माण गर्ने र नेपालका राम्रा पुस्तकहरू कोरियन भाषामा अनुवाद गरी प्रकाशनको लागि पहलसमेत गर्ने बताएका थिए । सम्मेलनमा समाजसेवीहरु केपी सिटौला, मन्जु गुरुङ, लक्ष्मीपुजा, NRNA कोरिया वरिष्ठ उपाध्यक्ष ॐ नारायण र NRNA जापानका उपाध्यक्ष लगायत विमेन फर विमेन सहित कोरियाका विभिन्न सस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राखेका थिए ।

सम्मेलनमा वरिष्ठ उपाध्यक्ष लेकालीले अनेसास एसिया समितिको र सल्लाहकार समितिको घोषणा तथा सौल घोषणापत्र प्रस्तुत गर्नुभएका थिए । सम्मेलनको समापन कार्यक्रमको सन्चालन उपाध्यक्ष भिमसेन सापकोटाले तथा अन्य कार्यक्रमको कोरिया च्याप्टरका जीवन खत्री र प्रमोद सारङले गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा