back
CTIZAN AD

टियागो इभी गाडीको नयाँ मूल्य निर्धारण 

वि.सं.२०८१ असार ४ मंगलवार

1.4K 

shares

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी टियागो इभीको नयाँ मूल्य निर्धारण भएको छ । नयाँ मूल्य अनुसार टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँ वृद्धि भएको छ ।

अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ । नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण दुई लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेका ग्राहकहरूलाई सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक हो ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

 

वि.सं.२०८१ असार ४ मंगलवार १६:२१ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...