back
CTIZAN AD

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

वि.सं.२०८१ असार ४ मंगलवार

1K 

shares

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले उक्त आक्रमण नगरेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा आक्रमणहरू गर्दै आएको छ ।

“ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन”, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताए ।

आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ ।

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)

वि.सं.२०८१ असार ४ मंगलवार २०:३६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...