back
CTIZAN AD

उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

वि.सं.२०८१ असार ४ मंगलवार

1.2K 

shares

सियोल (दक्षिणकोरिया) । उत्तर कोरियाका दर्जनौँ सैनिकले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनीपूर्ण गोली चलाइएपछि पछाडि हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।

सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाईसमेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाए । प्योङयाङले हालै दुई कोरियाबिचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङ बिछ्याउन सेना तैनाथ गरेको थियो ।

दुई देश प्राविधिकरूपमा युद्धमा रहँदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो । उत्तर कोरियाले प्रायःद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङ बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोध जस्तो देखिने, सियोलको सेनाले भन्यो ।

मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकले सैन्यै उपकरण बोकेको उल्लेख गरे ।

“दर्जनौँ उत्तर कोरियाली सैनिकले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले भने ।

सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाबाट धेरै हताहत भएता पनि उनीहरूले” लापरवाहीपूर्वक अपरेसन अगाडि बढाउँदै गरेको अधिकारीले भने ।

“उत्तर कोरियाको गतिविधि आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ । (रासस÷एएफपी)

वि.सं.२०८१ असार ४ मंगलवार २०:४८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...